~बिस्नु प्रवा सापकोटा~
एक जोर लुगा हाल्न सके
अलिकती अन्न
र अलिकती नुनको जोहो गर्न सके
यो जाडो भरिओठबाट मुस्कानले
भुइ झर्ने आँट गर्दैनथ्यो ।
अलिकती मट्टितेल ल्याउन पाए
साँझमा घर अँध्यारो त हुन्थेन ।
पुग्नु पर्ने टाढा छ ।
हजुरबुवा मलाई मध्यरातमै
उठाएर भन्नु हुन्थ्यो
बाबु!
उठ हिंड्ने बेला भो
म भन्थें
यो औँसिको कालो रात
न टर्च लाइट छ
न उज्यालो दिने अरु केही चिज
बाटो निकै अफ्ठ्यारो छ
बिहान उज्ज्यालो भएपछी
हिड्दा हुँदैन हजुरबा?
हजुरबा मलाई सम्झाउनु हुन्थ्यो
हेर बाबु!
हर लामो यात्रा अँध्यारोमै सुरु हुन्छ
अँध्यारोमै
अफ्ठ्यारोमै हिंड्ने आँट गरे पो
उज्ज्यालो बोकेर फर्किन पाईन्छ घर
उज्यालो होला र हिडुला भन्नेहरुलाई
गन्तब्यमा नपुग्दै अर्को अँध्यारोले छोपीसक्छ ।
पुग्नु पर्ने टाढा छ ।
हजुर बुवा मलाई मध्यरातमै
उठाएर भन्नु हुन्थ्यो
बाबु!
उठ हिंड्ने बेला भो
हर लामो यात्रा अँध्यारोमै सुरु हुन्छ ।
बिस्नु प्रवा सापकोटा
दमेक -१, बाग्लुङ
२०७० श्रावण १७
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)