~लोक राज भट्ट~
जहाँ
सार्बभौमिकताको सिमाङ्कनमा
परधिनमा बाँच्छ सामन्ती मानसिकता
एकाबिहानै
बन्द सकडकबाट
डोकोभरीको साग नबेच्दै फर्कन्छन दुखीआत्माहरु।
जहाँ पढ्दा पढ्दै लडेको छोरो
फेरी उभिन खोज्छ,
बजैको पालाको कम्पनीमाला बेचेर
पुग्दैन साम्तिलाइ घुसखुवाउन,
जिबन जिउने सम्झौतामा
नाइनास्ती गर्दै
एक तर्फि मायालाई लत्याईदिन्छे प्रेमिका
त्यपछी
बिलन पार्दै सपनाहरु
एकादेशको तातोभुमरीमा
होमी दिन्छ जिन्दगीलाई।
जहाँ पहाड बेचेर बहाड खरिद्न
मान्छे दौडिन्छन समथरको रमझमा
आकाशले झारेका आशु
हिमालमा नजम्दै त्यँही पुग्छन र बाढी बनेर
भत्काइदिन्छन झुपडिहरु।
जहाँ
ठड्याउनेको भन्दा गिराउनेको चर्चामा ब्यस्त हुन्छन मिडियाहरु
त्यही उम्रिन्छ भ्ररमको बेर्ना
कुपोषणले ग्रस्त किसानहरु
खडेरीमा जोतिरहन्छन बुढागोरुहरु
तर
सामन्तिका नातागोता
बेचि खान्छन
पोखरी र पोलिहाउसहरु
अनी मन्तरालयमा
सजाईन्छन सफलताका प्रतिबेदनहरु।
गिद्धले सिनो लुछेझै
जहाँ देशलाइ लुछी लुछी
पालै पालो चपाईन्छ,
देशैमा लखेटेर काटिने रागो,
जसरी आफ्नो प्राण बचाउन
हजारौ पिडा सहेरपनी दगुरिरहन्छ
उसैगरी बाच्न खोज्दछ देश
पालै पालो उठाउदै ढलाउँदै चुटिरहन्छन सामन्तिहरु र मस्त रमाउछन
सत्ता ढलाउने रागमा,
ढल्नेले फेरी पलाउछ खुकुरी र च्वाट्ट पार्दछ
देश
देश पटक पटक ढलिरहन्छ
ठडिरहन्छ।
घुमिरहन्छ चक्र,
जुगा जस्तै थाहै नहुनेगरी
देश चुसिरहन्छन ज्युँदा सामन्तिहरु।
लोक राज भट्ट
वायल डोटी
हाल धनगढी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)