गजल : अङ्गार बेच्नेको के कुरा

~दिनेश घिमिरे~dinesh-ghimire

घर जलाएर अङ्गार बेच्नेको के कुरा
पुग्दो हुँदाहुँदै हाहाकार बेच्नेको के कुरा

तिमी राम्री छाै मैले कत्ति भनुँ
जत्ति भन्दा नि श्रिङ्गार बेच्नेको के कुरा

आन्दोलनले सबै तन्त्र उपलब्धि हुँदापनि
सडकमै आएर चीत्कार बेच्नेको के कुरा

अदालतको कठघरामा नालायक भएकालाई
पाउ मोलेर सत्कार बेच्नेको के कुरा

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.