~भुपेन्द्र केसी~
१)
कहाँ जाउँ म, जिन्दगीको अर्थ खोज्न
चोट माथि चोट प¥यो, सकिन मैले मृत्युलाई रोज्न
माया गर्ने मान्छे, दैबले नै चुँडेपछि, सकिन नि केही सोच्न
मर्नु न बाँच्न भयो, थालेपछि बचनको पहाडले घोच्न
२)
थाहा छैन मैले कहिले गरेको थिएँ के गल्ती
थाम्नै सकिन अहिले, आँसु बगिराछन भल्भल्ती
जिन्दगीले चोट दियो लास माथी लास
मलाई मात्र किन पर्छ सँधै बज्रपात
३)
नचाहँदा नचाहँदै आज एउटा फुल झरेको छ
कसैलाई नपरोस भन्थेत्यो दुःख
आज त्यही दुःख म माथी परेको छ ।
४)
यो समाजको बचनले हानेपछि जल्नुसम्म मुटु जल्छ
एक्लै किन गयौ तिमी, तिमिसँगै जाने मनमा हुरी चल्छ
तिम्ले छोडी गएपछि, नभएका आरोप पनि लगाएका छन्
मेरो मुटुमै आगो बल्छ, गहभरी आशु बगाएका छन्
भुपेन्द्र केसी
बाँफीकोट ८ रुकुम
हाल अमेरीका टेक्सास
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )