अचेल सपनामा सँधैसमय देख्छु
पानीबाट गाडी चलेको
कपडाबाट पक्की घर बनेको
डोरीको भरमा आकाशमा बाटो बनेको
लाशहरुपनि सास फेरेर हिडेको
देश राम्रो भएको समय
देश बनेको समय
अचेल सपनामा सँधै समय देख्छु
समय कपास झैं टुक्रा टुक्रा आकाश तर्फ फैलिदैछ
समय दाना झैं साना साना चराहरुले टिपेर लैजाँदैछ
जुन निम्त्याउन सकेको छैन
जुन भोग्न सकेको छैन
जुन आत्मासँग घस्रेर
जीवनसँग ठोकेर
समय रकेट झै मानिसलाई घाइटे बनाई
तिब्र गतीमा हराउँदैछ ।
–दिव्या बज्राचार्य
(स्रोत : उज्यालोअनलाईन डट कम)