~एकु घिमिरे~
किन-किन तिमीलाई देख्दा कस्तो-कस्तो भयो
लजाएर मन लज्जावती झार जस्तो भयो ।
जव तिमी मलाई हेर्दै गफ गर्थ्यौ मिलाएर
भित्रभित्रै मेरो मन पानी बन्थ्यो शर्माएर
कुन्नी किन तिर्खा हो कि भोक लागे जस्तो भयो
लजाएर मन लज्जावती झार जस्तो भयो ।
के-के पाए जस्तो लाग्यो , गुमाएको जस्तो लाग्यो
के-के भन्न मन लाग्यो, हेरिरहुँ जस्तो लाग्यो
त्यसै-त्यसै मन ज्यादै चन्चल भए जस्तो भयो
लजाएर मन लज्जावती झार जस्तो भयो ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )