~बासुदेव बुढाथोकी ‘सागर’~
सँगै जीवन जिऊँ भन्थेँ पाटा हाम्रा अलग भए;
दोबाटोमा पुगेपछि बाटा हाम्रा अलग भए!
जुवा रै’छ जिन्दगानी सधैँ तिम्रो दाउ लाग्यो;
छातीभित्र मुटु हुन्छ,त्यहीँनेर घाउ लाग्यो।
घाउ यौटै भएर नि खाटा हाम्रा अलग भए;
दोबाटोमा पुगेपछि बाटा हाम्रा अलग भए!
फेरि कस्तो चाल चलूँला भन्ठानेर धायौ तिमी?
लुट्न बाँकी के रह्यो र फर्कीफर्की आयौ तिमी??
बाँकी जीवन बुन्नेतुन्ने काँटा हाम्रा अलग भए;
दोबाटोमा पुगेपछि बाटा हाम्रा अलग भए!
सँगै जीवन जिऊँ भन्थेँ पाटा हाम्रा अलग भए;
दोबाटोमा पुगेपछि बाटा हाम्रा अलग भए!
– फस्कू,दोलखा ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)