~श्रृजना क्षेत्री~
कसम पागल हुन्छु जस्तो लाग्दैछ अचेल !
जिउने रहर सबै मन बाट भाग्दैछ अचेल !
असह्य हुदा चोट,अनी असह्य हुदा पिड़ा
सिर्फ मर्ने मात्र एउटै इच्छा जाग्दैछ अचेल
मन भित्र पिड़ा धेरै बढ्यो र रोएँ आज !
पिड़ापिड़ा ले शिखर चढ्यो र रोएँ आज !
कोमल मुटु मा आशुँ को मेघ गर्जिए झै
काड़ा को शुल पाउ मा गढ्यो र रोएँ आज !
म मरीसकेकी छैन जिउदै छु अझै पनी !
तिम्रो याद मेटाउन पिउदै छु अझै पनी!
फर्की आउछौ की भनी झिनो आस बोकी
फाटेको यो मनलाई सिउदै छु आझै पनी !
यो जिन्दगी मेरो चुड़िएको तार लाग्दैछ आज मलाई !
आफ्नो जिवन आफै लाई नै भार लाग्दैछ आज मलाई !
जिउनु खोज्छु रमाएर चोट अनी आँशु मात्र दिन्छन सबै
हरेकपल मरेर जिउनु नै बेकार लाग्दैछ आज मलाई !
घायल बनायौ तिमीले मलाई !
पागल बनायौ तिमीले मलाई !
नशा को मात नै लुटी अस्तित्व
बेहाल बनायौ तिमाले मलाई !
(स्रोत : पल्लव साहित्य प्रतिष्ठान )