~भीमप्रसाद काफ्ले~
संस्कार र संकृतिकी खानी,
पहाड, हिमाल, तर्राई सब्की रानी
करोडौं सन्तती भएकी,
आज अशक्त भएकी छन् ।
गरिबी, रोगव्याधी आदि-आदि कारणले,
घरभित्रका थकाली सन्तानहरू
सामर्थ्यहीन छन् उपचारका लागि,
कुनै एक सन्तानले थकालीको जिम्मेवारी संमाल्न सक्ने स्थिति छैन ।
तर, बोलवाला सन्तान धेरै छन् ।
कोही वैज्ञानिक उपचार गर्न आफ्ना तर्क दिन्छन् ।
कोही नैतिक उपचारको खाँचो छ भन्छन् ।
कोही आयर्ुर्वेदिक उपचार गर्ने तर्क गर्छन् ।
त कोही छिमेकीहरूको सहयोगको अपेक्षा गर्छन् ।
फरक-फरक तर्क, थकालीविहीन घर
द्वन्द्व बोलवाला सन्ततीहरूबीच
तर निमुखा सन्ततीमा आखिर
रानीको स्वास्थ्य स्थितिको डर ।
वैज्ञानिक उपचारको तर्क गर्ने भन्छ,
म उपचार गर्छर्ुु शीघ्र स्वस्थ बनाउँछु,
नैतिक उपचारको तर्क गर्ने भन्छ
नाइँ, रानीलाई नैतिक उपचारको खाँचो छ ।
मनोबल बढाएमा स्वयम् स्वस्थ हुन्छिन् ।
आयर्ुर्वेदिक उपचारको तर्क दिने भन्छ ।
तमाम जडीबुटी छन्, यिनैको प्रयोगले स्वस्थ हुन्छिन् ।
छिमेकीको सहयोगको तर्क दिनेले भन्छ,
सङ्कटमा सहयोग लिनर्ुपर्छ छिमेकी गुहारौं ।
सबै आ-आप\mना तकमा अडिग छन् ।
रानीको स्वस्थ दिनदिनै ब्रि्रँदै छ ।
हुँदाहुँदा उपचारको ढिलाइले पनि,
सन्तानहरूबीचको
द्वन्द्वको कारणको रूप लिन्छ ।
र,
भन्छन् एक-अर्कामा तँैले गर्दा हो,
नाइँ तँले गर्दा हो ।
मलाई अस्पताल लान दिनस्,
मलाई मानोचिकित्सककहाँ लान दिनस्,
मलाई आयर्ुर्वेदाचार्यकहाँ लान दिनस्
यसरी, वादविवाद भइरहँदा,
रानी पनि रहन्नन् होला
तँैले र तिमीहरूले,
आरोप र प्रत्यारोप गर्दै,
न त थकाली नै बन्छन् घरका,
न त सम्हाल्छन् घर व्यवहार,
कामचोर बोलवाला सन्ततीहरू
कार्यगत एकता हुँदाहुँदै, एकमत भएनन् ।
तिनीहरूमा श्रेयको मोह छ,
घरभित्र आप\mनो हैसियत खोज्छन्
तर हेक्का छैन, घरै नरहे हैसियत रहला भन्ने ।
के को हैसियत र स्थान घरभित्र,
सबै सन्तान,
समय र शक्तिअनुसार योगदान देऊ ।
आफैंमा बन्छ हैसियत
हैसियत र स्थान खेलको उपहार हो ।
थाहै होला,
राम्रोसँग खेले उपहार आफैं प्राप्त हुन्छ ।
तर, मैदानमा जानुअघि उपहार माग्छौ ।
मूल्याङ्कन त अरूले गर्ने हो ।
आफैं तैपनि पहिले नै
के यो प्रकृतिले घर बन्ला र –
रानीको उपचार होला र –
– जुम्ला,
हाल : धनगढी
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)