~एकु घिमिरे~
पसीना आफ्नै गनाइरहेछ
आफैँले विरोध जनाइरहेछ ।
रुढीवादलाई तोड्छु भन्थ्यो
ढुङ्गोलाई देवता भनाइरहेछ ।
सफा छु र लुतो लाग्दैन भन्थ्यो
लुकेर जीउ कनाइरहेछ ।
पहिले जस्लाई मूर्दावाद भन्थ्यो
त्यसैको मानचित्र वनाइरहेछ ।
पसीना आफ्नै गनाइरहेछ
आफैँले विरोध जनाइरहेछ ।