~जीवन क्षेत्री~
रगतका आला फाल्साहरूले
पसिनाको तिख्खर धाराहरूले
आँटका दरिला पहाडहरूले
लगनका नीला नदीहरूले
युवा ∕ इतिहास सजाउँदै जाऊ
काँतरताको जुवा मुनि जोतिएर
अन्योलको जाँतोमा पिसिएर
अन्यायको पहाड अब
कहाँसम्म बोक्छौ
इतिहासले अब सिकाइ नै सक्यो
नबुझेका अभिनय
अब कसरी गर्छौ,
युवा ∕ इतिहासलाई जवाफ देऊ
प्रश्रव पीडामा छटपटिएकी आमालाई
इतिहासको सुन्दर कोखबाट
प्रिय भविष्य जन्माउन नदिन
षड्यन्त्र सुरु भइसके रे
उप्m ∕ त्यो पीडा कस्तो होला
खेर फाल्ने क्षण अब छैन रे
पहिले जस्तै फेरि पनि
प्रिय भविष्यको भ्रूण हत्या गर्न
कसाइहरू खुलेआम उत्रिसके रे
तिमीले छाडेका मोर्चाहरू
जनहितका हत्याराहरूले सम्हाल्दैछन् रे ∕
युवा ∕ इतिहासले मुख छोपिसक्यो
तिम्रा नाकसामु दूर्गन्ध नआउँदै
मोर्चामा फेरि फकिैएनौ भने
आमाले कति पुत्र वियोग सहनुपर्ने हो
पश्चात्तापको ठेली रचेर
आउँदै गरेको पुस्तालाई
लज्जा–मृत इतिहासको टुक्रो सुम्पेर
कसरी मुख देखाउने हो,
युवा ∕ आफैँलाई सोधेर त हेर
मोर्चाले तिम्रै बाटो हेर्दैछ,
एकचोटि त्यहाँ पुगेर त हेर ∕
(स्रोत : रचनाकारको ब्लगबाट सभार)