~इन्द्रकूमार श्रेष्ठ ‘सरित’~
छाती चिरेर देखाउनू
छैन सम्भव
बोलीमा छैन कसैलाई विश्वास
छ त केवल त्राशमा विश्वासमा
अघाए नि छैन जीवनमा सूख
भोकाए नि केवल साथमा मात्रै दूःख
छ शंका, त्राश र उकूसमूकूस केवल
जीवन पानी बिनाको माछो हो कि
मरुभुमिमा रोपिएको मखमली विरुवा ?
हरक्षणा तनाव, हरक्षणा सकस
छैन गल्ति छैन अपराध
तर बिना निर्णयको सजाय निरन्तर
छैन निकास, छैन द्वार मूक्तिको
निराश, हतास र उजाड जीवनहावा बगिरहंदा
पूर्णिमाको जुन भेट्छु भन्दा त
जीवन केवल, मात्रै औंशीको रात
नदेखिएको क्रूसीफाइडको पीडा स्थायी
मुटु कटकट खाँदा पनि
मौन छन पीडा, मौन छन् छटपटी
मन क्षतविक्षत भएको असहनीय पीडा
सुनाउन नि नसकिने
नसुनाइ नि बस्न नसकिने
सुन्ने सक्ती स्रोता त पटक्कै नभेटिने
जीवन जँघार अघि स्तव्ध उभिएको छ
किंकर्तव्यविमुढ बूख्याँचासरी उभिएको
धमिलो पानीमा लेउसरी हेलिरहेको छ एउटै प्रश्न
जँघार तर्ने कूनै काठे साँघु छैन त ?
(स्रोत : हाम्रो स्याङ्गजा डट कम)