~बाबुराम पन्थी ‘गुल्मेली’~
स्वर्ग बाट आएकी परी जस्तै सुन्दर थियौ
आलंगारीक पैरनमा तिमी
आँखा बन्द नगरी हेरिरहे
निस्फिक्री प्रेमी बनेर ।
तिम्रो आवाजमा कालु शब्द गुन्जियो
मेरो कानमा तातो श्वास संगै
र त्यो निरन्तर गुन्जीरह्यो
मिठो गित बनेर ।
तिम्रो कोमल हातको स्पर्शले
मेरो निर्वस्त्र शरीरमा
निर्वाद ,स्वतन्त्र भएर चलायमान हुँदा
निरन्तर गुन्जिरह्यो
संगीत ,ताल ,सरगम धुन बनेर ।
तिम्रो पाउको चालमा छम छम पाउजु बज्दा
थक् थक् थक…थैंयाको तालमा
निरन्तर नृत्य गरीयो हाथ समाती आपसमा
साँच्चै नृत्यड्गना बनेर ।
साथ छुट्दै थियो सायद सदाको लागी
नयन बाट तिम्रो अंश्रु थोपा
खस्यो तपक्क मेरो निधारमा
ब्यूँझीएँ म एक्कासी जब
देखिन तिमीलाई वरीपरी
छाडी गएछौ साथ निष्ठूरी बनेर कता
गए राती सपनीमा ।
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )