कविता : हामी बाँचेको युग

~विप्लप प्रतीक~biplav-prateek

गुलाफ रगतपछ्य छ
सयपत्री र मखमली छियाछिया छन्
र, रोएको छ हिमाल ।
काँडा तिखारिएको छ
तरबार चम्किएको छ
राक्षसहरू गर्जिरहेका छन् ।
अचेल दूबोमा शीत पर्दैन
र इन्द्रेणी लाग्दैन आकाशमा
लोभलाग्दो घाम बम बनेर आकाशमा उडिरहन्छ
जून चिहाएर हेर्न मन गर्दिन कतै पनि
र पृथ्वी,
मानवीय मूल्य विलुप्त भएको
घीनलाग्दो भट्टीमा पुत्पुत् जलिरहेछ
युग,
भित्रभित्रै पाकेर सडेको आप\mनो शरीर
भड्किलो पोसाकभित्र लुकाएर उभिएको छ ।
मानिस-मानिसबीच अन्तर निकै बढ्दो छ
महल र झुप्रोको अन्तर मात्र होइन
संवेदना, सद्भावको अभाव
आस्था र प्रेमको दुर्लभताले
दिक्दार धरती क्षीण भइसकी ।
अँगालो हाल्न सिकाउनेहरू शूलीमा परिसके
जीवनका कलाकारहरू ‘क्रुसीफाई’ भइसके
र, काँडा झन्झन् तिखारिँदैछ-
गुलाफका पत्रपत्रमा रगत छ
सयपत्री र मखमली छियाछिया-
समस्त पृथ्वी वेदनामा रोइरहिछे
राक्षसहरू भने कानको जाली फुट्ने गरी गर्जिरहेछन् ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अंक: १७१ )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.