~बिजयकुमार श्रेष्ठ~
प्रगति शिल हातहरुलाई अगाडि बढाई रहेका थियौ निडर बनेर
कसलाई के थाहा थियो र अपराधिको नजर लागेको थियो भनेर
कलमको रफतारमा रमाउथ्यौ भयङकर पिडालाई समेत सहेर
कम्मर कसेर लागेका थियौ अपराधिलाई सजाय दिन्छु भनेर ।।
आफ्ना बाचा पुरा गर्न पाएनौ अपराधीको निसानीको शिकार भएर
खोई कहाँ छ कानून र मानव अधिकार कहाँ बसेका छन् ती हेरेर
न्याय दिन्छौ अधिकार दिलाई दिन्छु भन्नेहरु बसेका छन् कुर्चीमा घुमेर
आफुले भोगेका ती दुःख सबै बिर्सिदिए पजेरो र आधुनिक कुर्चीमा बसेर ।।
देशको चौथो अंङ्ग मानिने पत्रकार जगतको फलाहार गर्छ हतियार देखाएर
सत्य तथ्यलाई र्छलङ्ग बनाई दिदा धम्की र त्रास देखाउछ हतियार तेर्साएर
परिवर्तनको चिनारी यहि नै दिएको होला नयाँ नेपाल समृद्धि नेपाल भनेर
नसोच्नु हतियारको जित भयो भनेर कलमको गति रोकिदैन त्रास देखाएर ।।
घीन लाग्छ मलाई बैचारिक बौद्धिकतालाई भन्दा हतियार ठूला ठान्नेलाई देखेर
कहिले नसोच्नु आतुसबाजीको गर्जनले कलमको बौद्धिकतालाई तल पार्छ भनेर
अठोट लिनेछौ सजाय दिलाई अमर बनाउने छौ त्रि्रा कृतिहरु फिजाएर
नचाहदा नचाहदै पनि अलबिदा गर्नु पर्यो तिमीलाइइ आँसुका समुन्द्र बगाएर ।।
बिजयकुमार श्रेष्ठ
धादिङ्ग,कटुन्जे
हाल ईराक
(स्रोत : ईलम्जुङ् डट काम)