~नरेन्द्रराज प्रसाई~
बिरहले रोएको रातमा तिर्सनाले छोएको छातीमा
सधै नजलाऊ मलाई मुटु दुखेको बेलामा
मायाको डोरी बाट्थें पराई आँखाले काट्छ
हुरी बतासलाई छेक्थें बिचैमा पर्दा फाट्दछ
जिन्दगी परेछ आँधीमा भूमरीभित्रको यात्रामा
तिमीसँग हाँसेको यो जीवन रोइदियो सबैको माझमा
शब्द – नरेन्द्रराज प्रसाई
संगीत – दीपक जङ्गम
स्वर – अरूणा लामा