उ लड्यो ,
देशको निम्ति भनेर
क्रान्ति मा लाग्यो ,
बन्दुक समातेर
हिड्यो उ ,
भोक प्यास नभनेर
सोच्थ्यो उ,
एक दिन अधिकार पाउछु भनेर
लड्यो उ ,
ज्यानको माया मरेर
ढल्यो उ ,
छातिमा गोलि लागेर
फेरि अर्को
उ आयो,
कहानी दोहोरायो
मात्र कहानी दोहोरायो
देश जहाको त्यहि भयो
न त ऊ हरुको रगतको मु्ल्य भयो
तर थोते नेताले भाषणमा भन्यो ,
शहिदको रगतले बनेको देश हो हाम्रो
उ हरु आहिनै रहे,
उ हरु लडिनै रहे ,
उ हरु मरिनै रहे ,
नेताले भाषण दोहोराहिनै रहे । ।
(स्रोत : Writingnepal.com)