~नविन आचार्य ‘लेटांगे’~
भनेकै हुँ तिम्लाई आखिर,माया बन्न सक्दिन म
सँधै भरि साथमा हिँड्ने, छाँया बन्न सक्दिन म
मेरो पनि बाध्यता छ , किन अबुझ बन्छौ तिमी ?
घर त्यागेर तिम्रो दाँया , बाँया बन्न सक्दिन म
-लेटांग ४ मोरंग
हाल रावागं मलेशिया
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)