हिजोसम्मा मिठो सपना र खुसीको मुहान लाग्थ्यो डलर !
तर आज सजाय जस्तै आभास भैरहेछ डलर !
तिमीलाई पाउन रोइरहेछु ,सारा दु:ख सहिरहेछु डलर !
दु:खको मुहान होउकी सुखको किरण ?
बुझेरै नसकिने तिमी के हौ डलर ?
इजरायल आएको दुई तीन महिन पश्चात् अचानक मेरा मन्मस्तिस्कमा यी वाक्यहरु स्वतह आउन थाले , बिहान् ,दिन , साँज हरपल अविरल गतिमा ! नेपालबाट धेरै सपनाहरू मनभरि बुनेर आएकी थिए तर विदेश आएपछी थाह पाए वास्ताविक्ता ! एउटी बिरामीको सुसारे (caregiver) को भिसामा इज्रायल आएर सोचेभन्दा बढी डलर कमाउन पाइयो भनेर आउँदाका दुई ,चार दिन त मन्भरी यसो गर्नेछु , उसो गर्नेछु भनेर धेरै योज्नाहरु मनमनै गर्नथाले तर जिन्दगी को वास्ताविकता सोचेजस्तो हुन्न रहेछ !
मेरो काम एउटी ५५ वर्षकी आज आएर थाह पाए उनी अल्साइमर्की बिरामी रहिछिन भनेर जसको नाम मार्सेल बेन्लुलु हो ! हेर्दा धेरै सुन्दरी देखिन्थिन ५५ वर्षको उमेरमा पनि ३५ वर्षकी जस्ती ! मनमनै खुसी भए तेती
राम्री र तरुनी मलिकनी को सुसरे हुन पाएकोमा तर समय बित्दै जादा थाह्पाए कि एक अल्साइमर रोगकी बिरामी सँग काम गर्न कति गाह्रो हुदो रहेछ भनेर ! यो रोग लागेका बिरामीहरुलाई हामी नेपालमा पागल , बोउलाह यस्तै नाम्ले पुकार्छौ र चिन्छौ ! यो
रोगमा मानिसको इस्मरन शक्ति अति कम्जोर हुदोरहेछ , कुनै पनि कुराको सम्झना नरहने ! अहिले खायो अहिले बिर्सने , आफ्नो सम्बन्धित मान्छेहरूको पहिचान सम्मा गर्न नसक्ने , को लोग्ने ? ,को छोरा र को छोरी ? कसैलाई चिन्नानै नसकिने ! कहिले कहीँ अचानक एक्कासि मान्छे नरमल पनि हुदोरहेछ शायद दिनमा धेरैमा भन्नुपर्दा दस ,पन्द्रा मिनट्को अवधि !
मेरो काम मेरी मलिकनी अर्थात् मार्सेल लाई हरेक दिन नुहाइदिने , मेकप गरिदिने , सफा कप्डा लगाइदिने , समयमा खान दिने , औषधी दिने अनि बिहान बेलुका गार्डनमा लैजाने इत्यादि मेरा दैनिक कार्य हुन्थ्यो ! यदि यो काम एक नर्मल मान्छे सँग गर्ने हो भने यो अति सजिलो काम भन्नुपर्छ तर यही काम एक मनसिक सन्तुलन गुमएकी आईमाईसँग गर्न कति गाह्रो हुन्छ होला सोचौ त ! जे होस नेपालमा पाच लाख तिरेर आए अब काम गर्ने हिम्मत त राख्नै पर्यो र हिम्मत जुटायेरा अघि बढे काम गर्नलाई ! जिन्दगीमा पनि के के देख्नु पर्दोरहेछ र के के भोग्नु पर्दोरहेछ ! रात को दस बजेको थियो यो समय मार्सेल लाई सुत्नको निम्ति बिस्तारमा लैजाने समय हो सो हामीले लग्योउ पनि उन्की छोरी र मैले ! उनको खाट अनौठो थियो शायद आँफैसँग इमान्दारी भएर भन्ने हो भने मैले मेरो जिन्दगीमा एती अनौथो खाट देखे जुन खाट रिमोड कन्त्रोल बाट चल्दथ्यो ! मनमनै भने टेलिभिजन मात्र रिमोड बाट चल्छ भनेको त विदेशमा त खाट पनि रिमोड बाट चल्दोरहेछ ! उनको छोरीले जानकारी गराये अनुसार उनी कहिलेकाही रातमा पनि उठेर हिँड्ने भएकोले उनलाई एक किसिम्को अनौथो पेटी पेट्मा , हात अनि खुट्टा मा सधैँ राती बाध्नु पर्थ्यो ! साधारण पेटी उनको लागि सुरक्छित नहुने भएकोले यो पेटी चुम्बक बाट खोलिन्थ्यो र चुमबक को माध्यम बाट बन्द गर्नुपर्थ्यो ! उनको छोरीको निर्देशन अनुरूप मैले सबै काम गरे ! सम्पूर्ण काम सकेपछी मार्सेल्की छोरी जस्को नाम रखेल थियो उन्ले आफू काममा र घरको कामले व्यस्त हुनुपर्दा सधैँ आमालाई हेर्न आउन नसक्ने जानकारी गराइन र साह्रै आपत् व केही सम्स्या परेमा यो नम्बरमा फोन गर्नु भनेर उनी गइन त्याहा बाट ! मेरो छुटै कोठा थियो तर सुत्न चाँही बिरामीकै छेउमा सुत्नु पर्थ्यो ! जिन्दगीमा पहिलो पटका तेती सुन्दरी आईमाईलाई त्यसरी पेटी , पेटिले बाधेर राखेको देख्दा धेरै रुन मन लाग्यो , मेरी मलिकनी मारसेललाई नियालेर हेरे , हेरिरहे केहीबेरसम्मा अनि सोचे जिन्दगीको यो रूपलाई ,यो पललाई स्वीकार गरेर पनि मान्छे बाच्नु पर्दोरहेछ , यसैले त सबै भन्छन् ,सोचेजस्तो हुन्न जीवन !
बिहान उठे , नित्यक्र्मा सके र मार्सेललाई उठाये , एउटा कुरा भन्न बिर्सेंछु , मारसेललाई दिशा पिसाब लागेको पनि थाह नहुने भएकोले डाइपर्स अनिवार्य लगाइदिनु पर्थ्यो ! मैले नुहाउन जानालाई अनुरोध गरे तर “मैले नुहाइसके ” भनेर उनी बाथरुममा पस्नै मानिनन ! धेरै बेर अनुरोध गरिरहे तर मान्दै मानिनन् ! धेरै बेरको अनुरोध पछि बल्ल उनी राजी भइन नुहाउनलाई ! नुहाइसकेपछी कपडा लगाइ मेकप गरिदिये ! त्यसपस्चात खाजा खुवाउनालाई किचनमा लगे ,खाजा खाइसकेपछी त उनी मेरो व्यागमा खाना राखिदेउ म स्कुल जान्छु अन्टी भनेर भनिन् मलाई ! मैले कति सम्झाउदा पनि स्कुल जाने जिद गर्दै ढोकामा गएर उभिन किनकि ढोका बन्द गरेर मैले चापी लुकएकी थिए ! दैनिक यही काम थियो मेरो ! उनी कहिले मेरो छोराको एक्सिडेन्त भयो छिटो हस्पितल जाऊ भन्थिन भने कहिले मेरो आमा आज म-यो बेतक्बरोत अर्थत चिहानमा जौ भन्थिन ! कहिले आज मेरो घरमा पाहुना आउँदैछन घर सफा गर भन्दै सारा गिलास , प्लेटहरु टेबलमा सजाउथिन यस्तै यस्तै धेरै कुराहरू ।। प्रतेक १५ , २० मिनाटको अवधिमा उनको समस्याको विषय नयाँ हुन्थ्यो ! उनलाई सम्झाउन नसक्दा म आफ्नो भाग्यलाई धिक्कारदै रुन्थे ! एक मनले पनि सोचिनाकी विदेशमा आएर यती कठिन काम गर्नुपर्छ भनेर ! यस्ती बौलाह आईमाईसँग कसरी काम गर्नु ? तर मैले जसरी भए पनि यही काम गर्नु छ ! दैनिक रुदै काम गर्थे म ! चाहेरै पनि त नेपाल फर्कन सक्दिनथे ! बिदेश्मा काम गरेर डलर कमएरा एसो गर्नेछु , उसो गर्नेछु भनी मैले गरेका ती मेरा पूर्वयोजनाहरु शायद अब योजनामै सीमित रहने भो ,त्यो दु:ख र त्यो मानसिक तनावरुपी काम बाट कहिले छुट्कारा पाउ जस्तो भैसकेको थियो ५ ,६ महिनामै तर मान्छे न हो हरेक परिस्थितिसँग सम्झौता गर्दै जिन्दगीमा अघि बढ्नु पर्दोरहेछ ! कुनै पनि विषयवस्तुलाई नजिकबाट नहेरी , नचिनी हामी त्यसको बारेमा धेरै कल्पनिक भैदिन्छौ र आफ्नै सोचाइ , बुझाइमा त्यसलाई सिंगरिदिन्छौ जब हामी त्यस ठाउमा पुग्छौ तब वास्ताविक्ता अरुनै पाउछौ हामीले सोचेको र चहेको भन्दा एक्दमै विपरीत !
सोचेजस्तो हुन्न जीवन ! यो सत्य को आभास इजरायल आएर डलर कमाउनाको लागि कति दु:ख , कति परिस्रम् गर्नुपर्दो रहेछ त्यो नसोचेको र नचाहेको वासतबिक्ता लाई स्वीकार गरी यो जिबनरथलाई अघि बढाउना पर्दा थाहापाए ! सबैलाई थाहा भएकै कुरा हो , “सोचेजस्तो हुन्ना जीवन !!”
कुश्मा , पर्वत
हाल इजरयल
(स्रोत : रचनाकारको ब्लगबाट सभार)