~लोक राज भट्ट~
मन्दिरमा फहराउन त फहाउदैछन धोजा र पताकाहरु
अनी
कहिलेकाही आगन्तुकले झै
कसैले बजाइदिन्छ घाँट र घुमुराहरु
तर
भडारहरुमा राखेका
दाइना र दुमाउहरु
मुसाले चोट्याइ सक्यो
ईतिहाँसलाइ चिथोरे झै गरी
धेरै घरका मानेझ्यालहरुबाट धुवा आउन झोडेपछी
बर्खाको निहुगरेर
कुहिरो चियाउदैछ बस्तीहरु
के भयो होला यस्तो
घरहरुका खुट्टा पलाइदिएको भए यि पनी दौडिन्थेहोलान
या त पखेटा लगाइ दियो भने
उडेर जान्थेहोला जहाजहरुजस्तै
कौवा का का गर्दै खेत का आलीमा बस्न खोज्छ
तर देख्दैन जोतेका हलगोरु
र निरासिदै
कोट्याउछ बाझो जमिन
अहँ
भेट्दैन बिगतका छापहरु
सायद खेतहरु पनी गैहाल्थे होलान
कौवा सँगै, उड्न सक्ने भए
जसरी मुसाले दमाउहरु खायो
उसैगरी खियाले खाइदिए जस्तो छ भैसेघाँडाहरु
लेक कुइरोको पगरी बाध्दै
खडेरी टार्न नसकेका केदारका धामी जस्तै खसालीरहेछन
असफलताका आँशुहरु
सुनसान
बन किनाराहरुमा
चारो खोज्दै
उदासिनतामा चिरबिराउदैछन
भुर्र भुर्र गर्दै
बाँझ फलाटमा
जिबनको गित गाइरहेका
बनचरिहरु
सबैको हतारो उस्तै बढेछ
कहिजानकै लागी
निश्चल छहराहरु पनी
धमिलिदै दौडिरहेछन ओरालीतिर
यो सुनसान भित्र म खोजिरहेछु
यि जानेहरुको मन
कतै यतै छ कि भनेर
तर भेटाउदैन केही
मात्र भेटिन्छन
माडुमा फहराउने आलिमहरु
पुराना पहाडहरु
पुर्खाका चिनारीहरु
बिकासको पर्खाइमा
आशाको फाँको चपाउदै
अस्पताल कुरीरिरहेका दुइचार भोकापेटहरु
र
दैलोमा ताल्चा ठोकेका
रित्ताघरहरु ।
लोक राज भट्ट
वायल डोटी
हाल धनगढी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)