गजल : तस्बिर जलाई गयौ किन ?

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

चिठी च्याती गयौ किन ? तस्बिर जलाई गयौ किन ?
मेरो सुन्दर सपनाको , महल ढलाई गयौ किन ?

बाचा तोड्यौ कसम तोड्यौ, दुइटा मुटु साटी जिउने ,
निस्ठुरी भै धेरै टाढा, छाडी मलाई गयौ किन ?

गर्छु भन्थ्यौ कठिन यात्रा ,जिन्दगी भर मेरै साथ ,
केही घुम्ती थुम्का काट्दै, त्यो ज्यान गलाई गयौ किन ?

दिएकै थेँ चोखो मायाँ , सजाकै थेँ नयनभरि ,
फेरी कोमल यो मुटुमा, छुरा चलाई गयौ किन ?

हाँसो लुट्यौ खुशी लुट्यौ, यो ज्यानलाई लुट्नु लुट्यौ ,
पिरतीमा गहभरि, आँसु फलाई गयौ किन ?

मधुमल्ला – ४, मोरङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.