कविता : अंगार

~यल्जी विवश~l-g-biwash

हो,
मेरो जीवन त्यही दिन सकिएको थियो
जुन दिन समयको धारले मलाई काठ बनायो !

मेरो अस्तित्व र पहिचान फेरिएर
म त्यही दिनदेखि अर्कै नामले बोलाइए,
भलै, मेरो नश्लमा त्यही जीवन मृत भएर बगिरहेको हओस् !

अहिले त झन्
नियतिले मलाई यति जलायो कि
म भष्म भइसकेको छु,
मेरो मृत नश्ल फेरि फेरिएको छ,
र म अंगार बनेको छु !

अहिले
ममाथि घोडा चढेर दौडिन्छ–आँधीको डुंगा !
मलाई काँध हालेर कतै पछार्छ–पहाडको पहिरो !!
मलाई घरीघरी चिहाई हेर्छ–मृत्युको ऐना !!!
बेवारिसे लम्पसार
म अंगार
तर अझै मरेको छुइनँ
यो चलिरहेको हुरीमा
केबल एक झिल्को आगो त मिसाइदेऊ !

(स्रोत : सौर्य दैनिक)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.