कविता : विश्वास गरेर हेर्दा

~राज आशातीत~raj-ashatit

एउटा फूल
आफ्नै आंखाबाट
ओर्लीरहेछ ……
चौबन्दी तुना हुँदै!

अर्को भमरा
पिल्छिएको सुंडो लिएर
भुन्भुनाइरहेको छ
गोल खप्पर वरिपरि !

हिजै हो,
ङिच्च दन्तलहर पछाडी
भरङ … केही चल्मलाए झैं देखेको
जंगबहादुरको अजंग छांया रहेछ!
नौनी सरी दिल ….
सातो गए झैं लाग्दैछ!
त्यै भएर … अहिले म
ठ्याक्कै
भुइंचालो जांदाको धरहरा जस्तै …
हल्लिइरहेछु!!

राज आशातीत
इटहरी, सुनसरी।
३१/०५/२०७३।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.