गजल : थाहा हुन्छ

~कृष्ण पौड्याल~

बियोग के हो दु:खमा परेकोलाई थाहा हुन्छ।
ज्युदै छ तर आत्मा मरेकोलाई थाहा हुन्छ॥

तिम्ले बुझ्न सक्दैनौ यो प्रेमको सम्बन्धलाई।
आफु भन्दा धेरै माया गरेकोलाई थाहा हुन्छ॥

खुसी राख्न स्वयम आफै भुमरिमा अल्झिएर।
हिलो मैलो बर्षे भेल तरेकोलाई थाहा हुन्छ॥

आत्मा सन्तुष्ट हुन्छ भने अन्न कोच्नु पर्दैन।
मिठो मुस्कानले पेट भरेकोलाई थाहा हुन्छ॥

धोका दिनु भन्दा बरु पाउनु नै बेश होला।
माया कतै नाता अन्तै सरेकोलाई थाहा हुन्छ॥

कृष्ण पौड्याल
बम्घा एक गुल्मी

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

1 Response to गजल : थाहा हुन्छ

  1. suman says:

    ma ni copy garxu hai

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.