मनोबैज्ञानिक कथा : ……..जिउँदो तस्बिर

~रुमन न्यौपाने ‘अमन्त’~Ruman Neupane Amant

…..सोमबार

क्यानन को यो क्यामेराको यो सायद पहीलो चम्मतकार थियो । मेरो हातमा कीन हो क्यामेरा छुट्टदैन थियो । आफु क्यामेरा साई भए पनी अरुलाई त्यसमा कैद गर्न सदा हतार हुन्थ्यो ।

यो तस्बीर मैले त्यो दिन लिएको अन्तीम तस्बीर थियो र यो नै सायद मेरो जिबनको रोमान्चक तस्बीर थियो होला वा हुनेछ । पश्चीम तिर बाट र्हुर र्हुर चलेको हावाले मनहराको त्यो फाँटमा, त्यो खोलामा खिचीएको लहरले मेरो मन भित्र पनी तरङ्ग लेराउँदै थियो । हतप्रत लेन्स मिलाएर फोकस खोलातिर सोझ्याए । पृष्ठभुमीमा देखीएका दुबै बालक राम्रा देखीएका थिए; सुन्दर थिए । खोलामा डुबुल्की मार्दै गर्दा मैले सटर दबाए । दुबैको अनुहारमा तेज थियो । ति मंगोलीएन बच्चाहरुको थेप्चो नाकमा चिम्म परेको आँखा सुहाएकै थियो जस्तो लाग्यो । मैले किनारामा उभीएर तिनीहरुलाई धेरै बेर सम्म नियालीरहे । तिनीहरुले मेरो उपस्थीती वा म त्यहाँ तिनीहरु लाई हेर्दै छु भन्ने नपार्न वरीपरीको अरु तस्बिर पनी लिँदै थिए । समयानुकुल पारेर तिनीहरुको हरेक क्रियाकलाप माथी मेरो नजर परीरहेकै थियो । मैेले तिनीहरुमा त्यस्तो के देखे थाहा भएन तर तिनीहरु साधारण देखीदैन थिए । दुई बिपरीत लिङ्गगी एक अर्कामा कुनै आर्कषणले बाँधीएका थिए ।

मैले तिनीहरुलाई पुरै मनहरा फाँटको परीदृश्य संग जोडेर नयाँ क्यानभाषमा उर्तादै थिए । मलाई तिनीहरुको त्यो र्कायकलाप बडो रमाईलो लागीरहेथ्यो । संगै आश्र्चय चकीत पनी । त्यो बिसुद्घ बालक्रीडा थियो । त्यहाँ कुनै किसीमको शारारीक बन्धन वा सम्बन्धको लेस सम्म पनी थिएन । त्यही चंचल बालापन भित्र आफ्नो छोटो समय खर्चिरहेको थिए । लाग्दैथियो मनोहराको त्यो फाँट तिनीहरुको अनुपस्थीतीमा बेतुक देखिन्थ्यो । त्यहाँ फैलीदै गएको बस्तीहरु बाट निस्केका ति मंगोलीएनहरु अद्भुत थिए । तिनीहरु एक आपसमा अंकमाल गर्दै थिए । त्यो सानो मंगोलीएन केटीले त्यो सानो केटालाई म्वाँई खाई र आफुले सकेजती मुख खोलेर हाँस्दै थिई, लाग्थ्यो त्यसको मुख भित्र पृथ्बीको गोलो नै र्छिन सक्थ्यो । अनी पछी त्यो हँसमुख देखीने मंगोलीयन केटाले पनी त्यही गर्यो तर यस पटक त्यो सानी मंगोलीएनले मुख पनी खोलीन । दुबै बिच पानीमा छ्याप छ्याप गर्दै थिए । निकै बेर पछी दुबै थाके जस्तो देखीए । दुबै फेरी अंगालोमा बेरीए । त्यो केबल शान्त र लज्जाशिल थियो । अश्लीलता भन्ने कुरै थिएन । त्यो त केबल बालकी्रडा थियो, बालानप । उनीहरुले आफुबिच देखाएको बालाप्रेम थियो । निकै बेर भईसकेछ म त्यहाँ उभीएर हेरेको । घाम बिस्तारै पश्चीम तिर ढल्दै थियो ।

खोलामा परेको घामको किरण अब टलक्क हुन थालेको थियो ।

साँझको त्यो मनोहरा फाँटमा हराउने म र ती दुई मंगोलीयन बाहेक अरु कोही थिएन झै लाग्यो । म आफु भित्र प्रतीबाद होईन कल्पना गर्दै थिए । म पनी ति नाङ्गै बुङ्गै बच्चाहरुझै नाङ्गगो अनुभब गर्दै थिए । आफुलाई मनहराको चिसो पानीमा डुबुल्की मार्न लगाउदै थिए । मेरो कल्पनाशिलता अझै बलीयो हुदै गएको थियो । मैले आफुलाई तिनीहरु संग खेलाउन थाले । मैले देख्ने गरेको, मैले कल्पेको बालापन भित्र हराउन थाले । अब त्यहाँ नयाँ सम्बन्धको चित्रण हुदै थियो । त्यहाँ युवक मनोबिज्ञान र बालमनोबिज्ञान बिचको पारस्पारीक फ्युजन बाट काल्पनीक आनन्दको सत्ताहान्त चल्दै थियो । म उनीहरु संग खेल्दै थिए । उनीहरुको हातहरुको स्पर्शले म पुलकीत हुदै थिए, आन्नदको बिभोर सागरमा रम्दै थिए न की मनहराको पानीमा । यो मेरो मष्तिस्कले रचेको दुनीया थियो । म झन झन त्यसमा रमाउँदै थिए । त्यो सानो मंगोलीएन बालीकाले मेरो नाम सोधी । मैले मेरो नाम छैन म बेनामी हु भनीदीए । दुबैले मुखामुख गरे । दुबैको अनुहारमा बेखुस स्पष्ट देखीयो । पक्कै पनी यो बाल मष्तिस्कले कुनै दन्त्यकथाको बेनामी, लामो सेतो दारी भएको, कपाल कहील्यै नकाटेको, अचानक बच्चाहरुको बिचमा आईपुग्ने, भबिष्य बताउने बुढो मानीस संझीए होलान त्यसैले तिनीहरुले फेरी म तिर र्फकीएर सोधे । के तपाई हाम्रो भबिष्य बताउन सक्नु हुन्छ ? क्याबात ! मैले तिनीहरुको मनोदशा बुझ्न सकेछु । म मंगोलीयन आँखाहरु भित्र सपना देख्न थाले । यिनीहरुलाई पनी सपना देख्ने बानी परेछ । भबिष्यको आशा यि कलीला कोपीला भित्र कसरी के को लागी आए होलान ? म तिनीहरुलाई हेरेर टोलाए ।

मैले यदी यिनीहरुको यो प्रशनको जवाफ दिईन भने यो बालक मष्तिस्क फेरी पराजीत हुने थियो । मैले उनीहरुलाई उनीहरुको मबिष्य बताउने निर्णय गरे । मैले उनीहरु लाई उनीहरुको आशंका मेटाउन उनीहरुकै लयमा९बालबालीकाको बोल्ने आफ्नो लय हुन्छ० बताउन थाले । राजकुमारले फिट्कीरीको खम्बा तोडेर राक्षसहरुको बिनास गरेको साहाँसीक कुरा देखी लिएर गरीब आशीक करीबले कसरी आफ्नो परिश्रमले, अभीलाशाले एउटा धनी केटीको मन जित्यो भन्ने सम्मका कुराहरु तिनीहरुलाई सुनाए । उनीहरुले कहिल्यै नसुनेको दार्शनीकको जिबन किस्साहरु सुनाएर तिनीहरुलाई आफ्नो भबिष्य आफैले बनाउनु पर्ने कुराहरु बताउन खोज्दै थिए । भबिष्य कसैले भनीदीदैमा पुरा हुने कुरा होईन भनेर बुझाउँदै थिए । म खोलाको त्यो किनार छोडेर ति मंगोलीयन हरु संग रमाउन खोज्दै थिए र मनोहराको बिच सम्म पुगेको थिए । साँझ पर्दै थियो । गोठालाहरु बस्तु धपाएर बिस्तारै उकालो चड्दै थिए । मैले आफुसंग भएको पत्रीका मंगोलीएन बच्चा लाई देखाएर यसले भबिष्य बताउछ भनेर भनीदीए जसरी त्यो सेतो कपाल फुलेको एउटा बुद्धले मध्यरातमा भोली डर्बिनको हर्सरेशमा सौदा गर्न जान लागेको एउटा अपरीचीतलाई भनेको थियो र भोली रेस कस्ले जित्छ भनेर यसमा आजै लेखीएको कुरा पनी भनेको थियो ।

मैले पनी उनीहरुको उत्सुकता मात्र जाँच्न खोजेको थिए । तर त्यो ग्यामलरले जस्तो ति मंगालीएनहरुले चकीत परेर मलाई हेरेनन् बरु मलाई सताउने खालको प्रश्न गरे । हामीलाई हाम्रो भबिष्य चाहीएको, मृत भबिष्य होईन, के यसले हामीलाई डर्बीनको हर्स रेसमा जित्ने समय दिन्छ ? मलाई उनीहरुको त्यो प्रशनले रिगांयो । के यिनीहरु साधारण बालक होईनन् र । मैले किनाराबाट देखेको जस्तो बालापन यिनीहरुमा रहेनछ । म भर्खर कोरल्लीएर निस्कीएको चल्ला जस्तो यताउती गरेर मनोहराको त्यो बिच बाट आफ्नो कल्पना संगै किनारमा आईपुगे । मैले ति मंगोलीएनले भनेको कुरा बुझीसकेको थिए । त्यो ग्यामलरको रेलमै मृत्यु हुन्छ त्यसले त्यो पत्रीकामा भनेको हर्समा कहील्यै दाउ लगाउन पाएन । त्यस्तो भबिष्य तिनीहरुलाई चाहीएको रहेनछ । मैले आँकेको जस्तो बालक तिनीहरु पक्कै होईनन् । म मेरो कल्पनाको सत्ताहान्त बाट कीनारा सम्म र्फकीसकेको थिए । मैले तीनीहरुको नाम सोध्न भुलेछु तर तिनीहरु खोलाबाट निस्कस्एर अर्कोे कीनारामा उभीएर मलाई हेरीरहेका थिए ।

एसपटको उनीहरु को हेराइ बिलकुल फरक थियो । मैले ति मंगोलीएन आखाँहरुमा रहस्य देखेको थिए । उनीहरुले मेरो उपहास गरेझैं लाग्यो । म प्रती उनीहरु दयाबान भए झै लाग्यो, उनीहरुले मेरो मंगल कामना गरेझै लाग्यो । उनीहरुले म माथी उपकार गरेझै उनीहरुको अनुहारमा बेग्लै किसीमको भाब थियो । म फेरी मनोहरा तर्न कस्सीए तर यस पटक पाईतालाले पानी छुना साथ मेरो मुखबाट निस्कीयो ‘यो त साच्चीकै चिसो रैछ ।’ यनीहरु यो चिसो पानीमा कसरी बसे । मेरो हंसले बल्ल ठाँउ छोडेको थियो । उनीहरु बिस्तारै किनारा बाट अलग भएर पर पर हुदै मेरो आँखा बाट ओझेल भए । दिक्कार मैले उनीहरुको परीचय पाईन । एकछीन अन्यमस्कन भएर त्यही अडीए । ग्लानी लाग्यो । पश्चाताप पनी । बिस्तारै अफ्टारो पाईला चाल्दै त्यहा बाट हीडे । मंगोलीयन आँखाहरु मेरो आँखाहरुमा झल झल देखीदै थिए ।

राती एकछीन निद्रा नपर्दा दिउँसोको मनोहरा फेरी आँखामा नाच्न थाल्यो । ति मंगोलीएन नाङ्गगा बच्चाहरु आँखामा फेरी जिबीत भए । मेरो अगाडी फेरी नाङ्गगो रुपमा देखीए । क्यामेरा झीकेर त्यो परिस्कृत तस्बिर फेरी हेर्न जाँगर लाग्यो । अहो ! अनौठो ! जिउ भरी काँडा उम्रयो । डरले । त्याहाँ कुनै तस्बीर थिएन । न मनहरा न ति मंगोलियन बालकहरु । आखामा डर स्पष्ट हुदै थियो । क्यामेराको खोल भित्र सानो कागजको टुक्रा थियो मैले हतप्रत खोलेर हरें, लेखीएको थियो; हामी पनी बेनामी हैं । मैले उनीहरुलाई देखाएको पत्रीका निकाले । कस्तो अचम्म ! त्यहाँ ठुला अक्षरमा भोलीको मिती लेखीएको थियो; जुन ३ । मैले मेरो तस्बीर संगै छापीएको न्युज पढे; ………. मनोहरा किनारमा अज्ञात मंगोलीयन द्धारा एक ब्यक्तmीको हत्या ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.