~रामेश्वर राउत ‘मातृदास’~
केटाकेटी मिलेर
हान्न थाले मटेङ्ग्रा
बगैँचाका फूललाई
लात्ती हान्छन् फटेङ्ग्रा
फूल रोप्ने मालीको
मीठो मुस्कान बालीमा
सबको हित चित्तले
जीवन फुल्छ डालीमा
जून घाम रमाइला
आकाश ठूलो आँगन
केटाकेटी घमाइला
आउँछन् ज्योति मागन
काङ्लाङ कुङ्लुङ कोकले
आँसु झार्छन् भोकले
खाजा दिन्छौँ खानलाई
हामी बाल लोकले ।
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
(स्रोत : समुना २०६६ जेठ)