~रामचन्द्र कार्की~
हाँसेर बिदाइ गरेकी हैनौ,
जुन झै मुस्कान छरेकी हैनौ ।
बेशीको मेला धाउने निहुमा,
मलाइ भेट्न झरेकी हैनौ ।
खोलाको पानी कम्मर आउदा,
मेरै हात समाइ तरेकी हैनौ ।
बेशीको खोचमा मायाको कुरा,
गर्दै यी काखमा सरेकी हैनौ ।
चिम्लेर आँखा चुमेर मलाइ,
खुशिमा लाजले मरेकी हैनौ ।
December 18, 2011
रामचन्द्र कार्की
आँपपिपल-४ राईगाँउ गोरखा
हाल: रानीपौवा पोखरा-११, कास्की
(स्रोत : रचनाकारको ब्लगबाट सभार)