~धनकुटे कान्छा~
लुकेर हेरेउ र लजायौ लुकेर
झकेर हेरेउ र लजायौ लुकेर
मस्त बतासी उड़दो जवानी
दुखेर हेरेउ र लजायौ दुखेर
तपकी खसेर बलेसी बगेछ
रुझेर हेरेउ र लजायौ रुझेर
मन्दिर ठानी थुंगा चढायु
पुजेर हेरेउ र लजायौ पुजेर
नचिनेको यात्री लग्यो उकालो
ढुकेर हेरेउ र लजायौ ढुकेर
जब बोकेउ खुसी आमा बनेर
चुकेर हेरेउ र लजायौ चुकेर
झरे रुप बाट तिम्रो ओरालो
थुकेर हेरेउ र लजायौ थुकेर
(स्रोत : Damkdotcom)