कविता : म बिना

~सुविद गुरागाई~Subid Guragai

म बिना एक्दै घुम्नै सक्तैन पृथ्वी
म मरे पनि बाँचे पनि
मलाई साथमा नलिई
…छोडेर जान सक्तैन पृथ्वी
उसका पनि बाध्यता र सीमाहरु छन्
उसका पनि चाहनाहरु छन्
मलाई लानै पर्छ उसले ।

मेरो सम्झनाबिना रित्तै
बग्न सक्तैनन् नदीहरु
मलाई नछोई/नबोलाई अलग्गै एक्लै
जान सक्तैन हावा ।

म बिना एक्लै हाँस्न सक्दैन माटो
मलाई बाहेक गरेर हुन सक्तैन दिन/रात
मसँगको तिनको कार्मिक सम्बन्ध
तोड्न सक्तैदनन् तिनीहरु …
मलाई पनि उस्तै हो
म पनि पृथ्वीबिना बाच्नै सक्तिनँ
तर, कहिले काहीँ लाग्छ
ऊबिना म पागल हुन्छु होला
तर, फेरि लाग्छ
अहँ म ऊबिना पागल पनि हुन सक्तिनँ ।

०००
(इटहरी–२, हलगडा, सुनसरी)
bisnuprasad.bg@gmail.com

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.