~बाबुराम पन्थी ‘गुल्मेली’~
परिवर्तन संगै जलवायु गर्मी झन् झन् बढ्दै गयो
नेपाल आमाको सेतो कपाल झन् झन् झर्दै गयो
छाती छिया छिया मातृभूमीको बाढी पैरोमा परी
भासिदै पैतालाहरू मातृभूमीको बैरी एम्बुस परी
कूपुत्र सन्तान मातृभूमीका अंश माग्दै छन् आज
रूदै छिन् नेपाल आमा अस्तित्व जोगाउन आज
सबै सन्तान मिल भनी विलाप्छीन् नेपाल आमा
कसले सुन्छ र खै रोदन ठेटी ठोकिएका कानमा
कोही नदीनाला, उर्बर भूमी जेजे मिल्छ तेही बेचे
कोही धर्मसंस्कृति नेपाल आमाको पहिचान बेचे
आफू मालिक जनता कमारो ठान्ने यी नेताहरू
आमाको छाती कुल्ची परचक्रीको पाउ ढोग्नेहरू
जाग हे जनता अब सचेतना सबैमा फैलाउनु छ
मातृभूमीका दुष्ट सन्तान लाई फाँसी चढाउनु छ
नसोंचे अहिले कहिले सोंच्ने ए ! नेपाली जन हो
बिग्रीदो देश लाई सुधार्ने तिम्रो हाम्रो जिम्मा हो
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )