~सन्तोषी पहरी~
तिम्ले बाटो मोडिदियो के हाल बनाई छोडि दियो ।
कस्तो मिठो सपना थियो निर्दयीले उडाई दियो । ।
तिमी बिना बाच्न मलाई कत्ति गाह्रो भो ।
तिम्रो मन त आज भोलि लाग्छ सारो भो ।।
कता कता आज भोलि लाग्छ टाढा भो ।
तिम्रो माया मेरो मन मा झनझन गाढा भो ।।
याद बनि छाई रहन्छ उनकै बृत्तचित्र ।
कस्तो माया लाईछु मैले साच्चै अपबित्र । ।
न सम्झेको पल कुनै उन्को लागी मैले ।
बिस्वास घाती माया उनको थाहा पाइन पहिले । ।
(स्रोत : Pahichanaphnai.com)