~खेमराज अधिकारी~
खबर्दार जनता हो
अब चुप लग्नु हुन्न
नेपाललाई बेच्ने लेन्दुप दोर्जेहरु
सिंहदरबारमा बसेर
खुलेआम देश बेचीरहेका छन
कुर्सीसँग भाषा शाटदै छन
सिमान बेच्दै छन
स्वाभिमानको शौदाबाजी
सदनबाटै गर्दै छन
(नेपाल आमाको………)
गर्बको भागबन्दा लाउदाँ,
घरभाँडालाई तेश्रो चाहिने,
देशभक्तलाई ठाडो चाहिने
(कस्को ईशारमा हो अंशबण्डा ?)
जनता भन्छन,
भो अब देश पर्दैन,
हिन्दी भाषा चाहिदै चहिदैन,
नागरिकतासँग देश सत्न पाइदैन,
कुनै हालतमा,
राष्ट्रघाती सम्शोधन गरी
संविधान मास्न पाइदैन,
खबरदार!
दाहाल बेच्ने सरकारलाई,
अब संविधान बेच्न दिदैनौ,
तिम्रै पैसाले, राय अब,
नेपालीको स्वाभिमान किन्न दिदैनौ,
( रन्जित नबिर्स, तिमी )
बलभद्रको देश हो नेपाल,
भक्तीको देश हो नेपाल,
भिमशेनको रगत छ हाम्रो देशमा,
अमरसिहं तागत छ, हाम्रो देशमा,
(तिमी नकबन्दी
चाहे भाकाबन्दी लगाउ,)
स्वाभिमान राष्ट्र, हो हाम्रो नेपाल,
रगतको खोलो बगाउँछौ, तर पनि,
नेपाललाई सिक्किम हुन दिदैनौ,
नेपालआमाको कसम
नेपाललाई सिक्किम हुन दिदैनौ,
अब, आम जनताले बुझी सके,
कुम हल्लाउदैमा कोही क्रान्तिकारी हुँदैन,
राष्ट्रवादलाई कुर्सीतन्त्रले छुदैन,
खबर्दार जनता हो,
कसैको आश्वासनमा यो युध्द झुक्कदैन,
कुनै प्रलोभन्मा नेपाली अब चुक्दैन,
प्रेम भावले भन नेपाली, हाम्रो नेपाल,
सुन्दर शान्त बिशाल, सुन्दर शान्त बिशाल।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )