कविता : अन्त्यहीन संगमता

~शिरिष पराजुली~Shirish Parajuli

जसरी नदीहरू समुन्द्रको खोजीमा
आफूभन्दा गहिरोपना खोज्छन्
त्यसरी नै मेरो आत्मा तिम्रो प्रतिबिम्ब खोज्छ;
धेरै टाढा
बगीरहेको नदी
एक्लै आफ्नै वेगमा
एक्लोपना
मात्र एक्लोपना ।

जसरी पवित्र फूल
आफूलाई घामको किरणमा समाहित गर्छ
अनि आफूलाई उसँगै आरोपित गर्छ;
फक्रिएर तन्किएर,
त्यसरी नै मेरो मुटु विस्तारीत हुन्छ
तिम्रो आवाजको समुद्घाटन संगै
म र तिमी
मात्र पवित्र साथ ।

जसरी प्रभातकालीन शीत देखिन्छ
घामको साथमा पनि पवित्र र स्वच्छ
त्यसरी नै मेरो आत्मा सम्रपित छ;
तिमी प्रति
तिम्रो माया र भावनाप्रति ।

जसरी शीतले कुनै दाग छोड्दैन
बिलाएर जाँदा हराएर जाँदा
पृथिवीको बाहिरी पत्रमा
म संग पनि छैन कुनै छलकपट
तिमी र तिम्रो लगावप्रति ।

नदीलाई थाहा हुन्छ उसको गन्तव्य
शीतको उद्देश्य निश्चित छ
फूलको पहिचान र कला निर्धारित छ
सबै आफ्नै समयमा;
न अघि न पछि
म पनि सम्झन्छु पूराना दिन
भेट्नेछु ति अतित
दु:खद अतित
आफ्नै समयमा
अन्त्य समयमा
पक्कै अन्त्यमा ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.