कविता : आत्माघोषणा

~बिमल गुरुङ~bimal-gurung

अब म घोर तपस्या गर्छु
म सोच्न थाल्नेछु
कि
मैले धेरै-धेरै महिनाहरु
शुन्यमा बिताएँछु
म सोच्न थालेको छु
चल्न सक्दैन यसरी काम
अब म घोर तपस्या गर्छु
अब मेरो तपस्यालाई
कुनै सुन्दरी मेनकाको उत्तेजक
हाउभाउले भङ्ग गर्न सक्दैन

अब म कष्ट भोग्छु
म कसम पिउँछु
बदलिने छ निश्चय अब मेरो चरित्र
गुमाएका
ती अमूल्य दिनहरु कल्पँदा
आजकाल म थक्थक छु
म रातो पुस्तकमा हात फैलाएर कसम
पिउँछु

दोहोरिन दिने छैन अब
ती गल्तीहरु
म सगरमाथालाई बिश्वास दिलाउन
चाहन्छु
उठ्ने छैनन्
मेरो जीवनमा
अब ती गल्तीका टाउकाहरु ।


अब
आफ्ना रहरहरुको हत्या गर्छु
सोच्न थाकेको छु
लिनैपर्छ मैले
बिगतका ती गल्तीहरुबाट शिक्षा
भोलिदेखि मलाई
फेरि पुनर्जिवन
प्राप्त हुँदैछ

अब म तपस्या गर्छु
तपस्या गर्ने मेरो धेरै
दिनदेखिको चाहना थियो

अब म तपस्या गर्छु
तर
मेरो तपस्या इतिहासका ॠषिहरुको
भन्दा भिन्दै छ
भिन्दै छ भिन्दै
एकदम भिन्दै
जसमार्फत मलाई होइन
फाइदा पुग्ने छ
जनतालाई !

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.