~बासुदेव बुढाथोकी ‘सागर’~
जतिसुकै खिएर नि बाँच्नुपर्छ मैले ;
घाइते मन सिएर नि बाँच्नुपर्छ मैले ।
आफन्तझैँ बनेर गला रेट्नेलाई ;
अझै रेट्न दिएर नि बाँच्नुपर्छ मैले ।
छाती फोरी दुष्टले चुँडालेको मुटु ;
हत्केलामा लिएर नि बाँच्नुपर्छ मैले ।
लुटिएको पसिना सम्झी मन रुन्छ ;
तातो आँसु पिएर नि बाँच्नुपर्छ मैले ।
– फस्कू,दोलखा ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)