~सुनिता सापकोटा~
गरेर प्रेमको उदय यादमा भुलेर
बिताउदै छु समय यादमा भुलेर
आफ्नो अवस्था थाहा पाउन गाह्रो
हुन थाल्यो महासय यादमा भुलेर
राख्दैछ मनले अचेल रहर बढाउदै
सपना र लक्ष्य तय यादमा भुलेर
कुनै दिन आफैलाई नै नचिन्ने कुरा
हुँन सक्नेछ निश्चय यादमा भुलेर
हरेक दिन किन हो अधुरै हुँदैछन्
कामकाज कतिपय यादमा भुलेर
सुनिता सापकोटा
भोजपुर , चरम्बी
हाल काठमाडौ