~नरदेन रुम्वा~
नयाँ नयाँ घामको किरण नयाँ नयाँ पात यो
नयाँ अब जिन्दगीको मिठो सुरुवात यो
बुटा बुटा चिया बारी आङ्गन यो अजम्बरी
फुलेका ति पसिना मोती दाना वरी परी
एकातिर तिता मिठो हाँसी हाँसी पिएको
नयाँ नयाँ घाम को…..
बादलको देश माथी नाची हिंड्ने परी रानी
मेरो घर आए पुग्छ सुनकेशरी मेरी रानी
सानो खुशी सुहाएको जीवन यो रमाइलो
नयाँ नयाँ घाम को…..
मेरो घर संसार यो सानो एक लाहाना
स्वर्ग हो यो सन्तोकैको ठुलो छैन सपना यो
चाहे जस्तो खोजे जस्तो मैले अब बाँचेको
नयाँ नयाँ घाम को…..
शब्द – नरदेन रुम्वा
स्वर – बिमला सिन्चुरी प्रधान
संगीत – शान्ती ठटाल
चलचित्र – बाँच्न चाहनेहरु, १९८२
(स्रोत : युट्युब विडियोबाट शाब्दीकरण साहित्य सङ्ग्रहालयले गरेको । )