~इलामेली टीकाराम दुलाल~
छन्द : शार्दूलविक्रीडित
मान्छे दैव छिमेक आखिर सधै हाम्रै पछाडी भए
हाम्रो सुन्दर देशको प्रकृतिले आरीस गर्दै गए
ठूलो देश हिजो थियो अब यहाँ मेची र काली रयो
टिस्टा दूर छ कांगडा लुटि गए नेपाल सानो भयो
डाँडो झर्छ नदी थुनिन्छ कहिले नेपाल भित्रै अहोँ
नेपाली जनको गरेछ रिस त्यो को थेग्छ रिस् दैवको
ठूलो धन् जनको अगाडि पहिरो हाम्रै धरामा गयो
खोलाले कहिले कटान गरदा नेपाल सानो भयो
नेपाली जनता युवाहरु सबै जान्छन् बिदेशै सधै
यो आफ्नो घरमा छिरे रिपुहरु हेर्दैन कोही कतै
माया खै किन देशको नगरदा बेहाल जस्तो छ यो
नेपाली सपुतै र बीर नहुदा नेपाल सानो भयो
ओहोदा छ बिकाश गर्न जसको ऊ भ्रष्ट आफै छ है
के गर्ला उसले छ स्वार्थ मनमा लुट्दैछ यो राज्यमै
कोही देश बिकास गर्छु भनि लौ नेता बनेरै गयो
हाक्ने कानुन नीति कम्सल हुदा नेपाल सानो भयो
खै टुक्राउन प्रान्त क्षेत्र भनि लौ भागा गरेको छ कि
पल्लो गाउँ मिलेर आखिर यहाँ आखाँ गढेको छ कि
गर्छन् उच्च निकाय छन् भनि अहोँ बस्ने दिनै पो गयो
थोरै भो जन देश प्रेम गरने नेपाल सानो भयो
२०७२/०४/०९ रोज ७
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )