~अरुणबहादुर खत्री “नदी”~
तिमीलाई म के भनौं
फूल भनौं त्यसमा काँडा छ
चन्द्रमा भनौ त्यसमा दाग छ
शुभकामना तिमीलाई
सधैँभरिको लागि मिलीरहोस्
मंगल होस् सधैँ मंगल रहोस्
सफलताले तिमीलाई चुमी रहोस्
छातीभरी बलेको आगो
सम्हालीराख्न झनै गाह्रो–
सम्झनामा तिमी आइदिदा
लाग्छ मलाई साह्रै प्यारो
आँखाबाट झरेको आँसु
हृदयको भाव बोकी बगेको छ
सधैँभरिको लागि नमेटिने गरी
मुटुमा छाप बसेको छ
मेरो भावनामा त्रि्रो तस्बीर
कहिल्यै नमेटिने भएको छ ।
– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)