~उज्ज्वल जी.सी.~
नदेख्नु’थ्यो देख्यौँ हामीले तपाईंका ती चालाहरू
भन्न थाले धेरैले अचेल कस्ता रै’छन् सालाहरू ।
गर्दै नगरी देश र गरिबका लागि कुनै काम
जता गयो लाज छोप्दै पहिरिनु हुन्छ मालाहरू ।
सोझासाझा युवाहरू बन्दैछन् आज वेरोजगार
खोल्नु भा’छ आफ्नैलाई अवसरका ती तालाहरू ।
भो, पर्दैन अब आश्वासनका शिखरमा चढाउन
अविश्वासले भरिँदैछन् हाम्रा डोका र डालाहरू ।
हो,उठेकोथ्यो नेपाल बोक्दै चन्द्र-सूर्य झण्डा हिजो
किन झुकाउन खोज्दैछन् आज गोरा र कालाहरू ।