~पवन शर्मा~
सुन्दर ती तिम्रा दुई नयनले हेर्दा म पानी पानी हुन्छु
तिम्रो एक मुस्कानका निम्ति हुस्सु म जानी जानी हुन्छु
शितल सौम्य निलो गगनका फेदमा बसेको बेला
काव्यधारा बहन्छन् यसै तिम्रो सम्मोहनमा फसेको बेला
अमृतमय परागहरु ओइरिन्छन् घना रुपको त्यो सागरबाट
विशाल बलबान वटवृक्ष हौ तिमी वर्षाई देऊ प्रेम तिम्रो गागरबाट
स्निग्ध शान्त जुनेली रातको चन्द्र सरी कस्तो शितल सौन्दर्य
सुशुप्त अवोध स्वर्गकी परी सरी कस्तो पवित्र तिम्रो कौमार्य
यस्ता तिम्रा ती सुन्दर दुई नयनले हेर्दा म पानी पानी हुन्छु
मात्र एक मुस्कानका निम्ति हुस्सु म जानी जानी हुन्छु
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)