~बाबुराम पन्थी ‘गुल्मेली’~
छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ ।
गरे के हुँदैन र देश विकाश गरी देखाई देऊ।।
गरेर कुरा शान्तिका रोप्दछौ बिउ द्वेशको ।
नबुझ्ने पीडा जनताको हुन्छ नेता कसरी त्यो ।।
कुटिल तिम्रो चालले झुक्दै छ शान देशको ।
पछाडी जाल नबुन अँगाडी भन जे छ त्यो ।।
लगाउनु पर्ने विकासमा पसिना त्यो जनताको ।
आपसमा बाँडी सिध्यायौ धुकुटी यो राष्ट्रको ।।
दुई छाक टरे भै गयो भो भ्रष्टाचार नगर ।
अकुत धन कमाई जानु छ काँहा लिएर ।।
नलडौ भो जात जातीमा सबै बराबर नै हो ।
तिमी हामी दाजु भाई नेपाल हाम्रो घर हो ।।
गालीले देश बन्दैन छाडौं भो गाली गर्न लाई ।
एक जुटहुनु पर्दछ देशको विकास गर्न लाई ।।
छाडेर भाषण गर्नलाई गरेर काम देखाई देऊ ।
गरे के हुँदैन र देश विकाश गरी देखाई देऊ ।।
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )