गीत : कहिले काहीँ चिसोले

~राकेश कार्की~Rakesh Karki

कहिले काहीँ चिसोलेनि पोल्दोरहेछ
जति आँसु हाले पनि बल्दोरहेछ

याद आखिर यादै त हो
यो किन आउछ
चल्न नदिइ मुटु एक्लै
के लिन आउछ
भैगो भन्दानि मनमा कुरो खेल्दोरहेछ
कहिले काहीँ चिसोलेनि पोल्दोरहेछ

चित्त आखिर चोट लागे
दु:खी नै रहन्छ
को र आफन्त त्यतिखेर
आफै नै सहन्छ
चकमन्न सुनसाननि बोल्दोरहेछ
कहिले काहीँ चिसोलेनि पोल्दोरहेछ

इन्जिनियर राकेश कार्की
लस एन्जेलस

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.