~आरती रची कोइँच~
बितेर गयो
सपनीको संसार
उभियो मृत्यु
तोडेर आएँ
फसेर त्यो मोहमा
छाडेर गयौ
हिजोको दिन
फर्केर नआउँदा
नयाँको जन्म
जीवन पुष्प
धर्तीमा समर्पित
हर्षित मन
लुकेको सूर्य
बादल उडी सर्दा
धर्तीले देख्यो
वर्षाको पानी
प्राप्ति र समाप्ति भो
खेती र क्षति
आँसुको वर्षा
अतीत बगाउन
भविष्य जन्म
हाँसेर आइन्
बिहानीपख उषा
मलिन साँझ
समय घडी
नाडीमा टिकटिक
मृत शरीर
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १२, सेप्टेम्बर २०१३)