~आशिष सुवेदी~
अश्रुधारा खोलीबन्दा हृदयलाई डाक्नु भुल थियो
उसलाई तानी जिन्दगीको कुनाभित्र जाक्नु भुल थियो ।
हुन्न भन्थेँ साँचो कहिलै ढुङ्गासँग पुकारेर
अटेर गरी उसैसँग सम्बन्ध त्यो भाक्नु भुल थियो ।
बरु बिÈ प्यारो हुन्थ्यो असम्भव झन बाँच्न एक्लै
बाठो बन्दै काली भन्दै अंगाल्नलाई ताक्नु भुल थियो ।
मदहोसमै लडेँभने उठाउदिने थाहै थियो
आफूसिध्याई ब्यर्थ जित्न उसंग नथाक्नु भुल थियो ।
अरु सबै नसोचेर याद बोकी थला पर्दा
उसकै यादमा मन झन ब्यर्थसित पाक्नु भुल थियो ।
(स्रोत : पिपुल्स टाइम्स दैनिक )