कविता : मलाइ बचाउ !

~बिक्रम ज्ञवाली~Bikram Gyawali

आफैलाई खोज्न हिडे धेरै धरै समय
तर थाहा पाए एक दिन ऐना अगाडि रहेछु
एक दिन जल्ने लाशको प्रतिनिदित्व गर्दै
बसिरहेको पो रहिछु
म मान्छे रे
एक दिन मर्न पर्ने रे
कस्तो हासो लाग्दो कुरा
एक दिन मर्नै परने रे
कस्तो भ्रम एक दिन मर्नै पर्ने रे
यहा त म प्रतेक पल मरेको देख्छु सबै जना
बाटो बाटो मा हिडेको देख्छु भड्केका आत्माहरु
चितामा जल्ने लाश बनेर होईन
तर आफ्नै अह्ङकार र सपनामा जलिरेका लाशहरु
आफ्नो चिहान आफै खन्दै गरेका लाशहरु
हो यो संसार भुत नै भुतको बस्ति
जस्तो पो लाग्न लाग्यो
जो हेर्दा नि डर लागेर आउन थाग्यो ।
(झसंङ्ग झस्किन्छु होस् आएछ क्यारे)
त्यही बेला
डरलाग्दो भुत फेरी देख्छु ऐनामा
अनि चिच्चाउछु
मलाइ बचाउ ! मलाइ बचाउ ! !
यो भुतहरुको संसारबाट मलाई बचाउ ।।।

-योग कैलाश 6th July 2014 6:42 pm

(स्रोत : Writingnepal.com)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.