~एकराज तिम्सिना~
नगरपालिका दमक हाम्रो सुन्दर कति राम्रो
प्रत्येक वार्डमा पढ्ने स्कूल कति धेर हाम्रो ।।
नगर बीचमा पूर्व–पश्चिम राजमार्ग चल्छ ।
कुनाकाप्चा नगरभरी बिजुली बत्ती बल्छ ।।
केन्द्रबाट रकम निकाशा रवि सडकलाई दियो ।
यो सडकको ठेक्का पनि ठेक्केदारले लियो ।।
यातायातले पहाड सुगम भयो दमकतिर ।
ताजा ताजा फलफूल सब्जी आउँछ यतैतिर ।।
धेरै कुराको विकास केन्द्र दमकलाई नै मान्यो ।
निश्चित अब दमक बढ्ने सरकारले नै ठान्यो ।।
राता रातमा महलहरु निर्माण धेरै भए ।
खेती गर्ने जमिन धेरै घडेरीमा गए ।।
मन बहलाउने चलचित्र सिनेमा घर कत्ति ।
चारै तिरका युवा युवती हेर्छन् रमाई अति ।।
दमक उत्तर चुलाचुली प्रकृति सुन्दर डाँडा ।
गाडीमा पुग्छौँ सललल त्यहाँ हेर्न जाँदा ।।
त्यसै ठाउँमा अति सुन्दर लारुम्बा त्यो बजार ।
मानिस धेरै हेर्न जान्छन् हजारको हजार ।।
दमक बजार विशाल छ छैन केही कमी ।
जनघनत्व बसेको छ उस्तै विशाल रमी ।।
धर्मकर्म पूजापाठका मन्दिर छन् धेर ।
दर्शनार्थी दर्शन गर्छन् फुलपाती लेर ।।
पहाडदेखि बिरामी संख्या आउँछन् खचाखत ।
डाक्टर नर्सहरु उपचार गर्छन् फटाफट ।।
खाना नास्ता बनाउने होटल अनगिन्ती हेर ।
कुनै होटल खाली छैनन् खान्छन् जति खेर ।।
प्रहरी थुना सशस्त्र र नेपाल सेना टन्न ।
गुण्डागर्दी चोरी चकैतीको साहस यहाँ हुन्न ।।
जागिर खाने प्रसस्ती छन् आफ्नो ड्युटी गर्छन् ।
स्कूलमा विद्यार्थी धेर पढ्ने काम गर्छन् ।।
बुद्धिजिवी नेताहरुको दमक जमघट ।
वाटाघाटा कल्भर्ट पुल बन्छन् फटाफट ।।
सबै कुरा दमकमा केहिको नहुने कमी ।
मानिसहरु खरिद–बिक्री गर्छन् रमिरमि ।।
भविष्यमा दमक बजार राजधानी हुने हल्ला ।
सबै दलका नेताहरु गर्छन् यस्तै सल्ला ।।
पहाडका धेरै मानिस दमक तिरै झर्छन् ।
बोर्डर बस्ने आदिवासी दमक तिरै सर्छन् ।।
कच्चिबाटो हुन थाले दमकमा कालोपत्रे पूरा ।
यातायात अति सजिलो गर्छन् ड्राइभर कुरा ।।
बुझौ अब कस्तो रहेछ झापाको यो दमक ।
नगरभरी अति सुन्दर आहा ! रमक झमक ।।
यति नै धन्यवाद ।।
दमक–२
(स्रोत : पिपुल्स टाइम्स दैनिक )