~अर्जुन खनाल~
म चौराहादेखी घर तर्फ जानको लागी माइक्रो चढे ।माईक्रो अलि भिड थियो, चढ्न कति हम्मे हम्मे परेको थियो तैपनि चढि हाले । खलासी कानैमा आएर चिच्याउदै थियो अलि पछाडी जानु भन्दै मैले फ्याटै भने दाजु यस्तो खाली माइक्रो छ पछाडी जाँदा त डर लाग्छ निच्च पहेला दाँत देखाउदै भन्यो लास्टै साईड त नहान्नु के गर्नु पेट पाल्नै प¥यो जसो तसो गरी ।
हल्का भिड छिचोलेर पछाडी गए एकजना झर्दै रैछन क्यार उनकै सिटमा थुचुक्क वसिहाले ।
एसो अगाडी हेरेको के थिए करिब १७-१८ वर्षकी युवती म भन्दा अलि अगाडी उभिएकी थिई कालो टिसट र खैरो जिन्समा सजिएकी लाग्या, कपडा आफ्नो शरिरमा लगाएकी होइन चिप्क्याएकी हो, पक्कै अत्तर उसले नै लगाएको हुनुपर्छ माईक्रो नै सुगन्धीत भए जस्तो लाग्यो , कपाल भने हल्का छोटो पारी अगाडी ल्याएकी थिई खै मुखाम पनि के के घसेकी हल्का पाउडरको सेतो गालामा नदेखिएको पनि ह आखा भने हल्का कोइला थिए नाक अलिक चुच्चे थियो वाफ रे वाफ कति लगाउन सकेको ओठमा लिपिस्टिक तप्प चुहिएला जस्तै, मेरै साइड तिर हेरी मुस्कुराई रहेकी थिई यस्तो लाग्यो मलाईनै हेरेर मुस्कुराईरहेकी छे ।
अब भने अलिक लाज लाग्न थाल्यो यसरी एक अन्जान केटीले मतिर हेर्दै मुस्कुराउन थालेको देखेर मनमा अनेकौ तरङ्ग खेल्न थाल्यो यस्तो लग्यो उसलाई कहि कतै चिनेको हुनुपर्छ । सम्झे सारा साथिहरुलाई तर कहाँ सकिन्थ्यो सबैलाई तैपनि सम्झिन उसको मुहार चिन्न सकिन घरी घरी उ मैतिर हेरेर मुस्कुराउन भने छाडेकी छैन । खलासी चिच्याउदै थियो बसपार्क झर्ने अगाडी आउनुहोस भन्दै अनि म जुरुक्क उठेर अगाडी सरे र उ संग वोल्ने आँट गरे अलि नजिक गए र सोधे तिमीलाई कतै चिने जस्तो लाग्यो नि उसले सहज भनि होईन हजुर भ्रममा पर्नु भयो अब के वोलौ फ्याट भने अगी किन मलाई हेर्दै मुस्कुराएको त? उसले भनि कहाँ तपाईसंग होर उ त्यो पछाडी मेरी साथिसंग हो । एसो हेरे म बसेकोसिट पछाडी उसकी साथि पो रैछ बसपार्क पनि आएछ फ्याटै झरे र माइक्रो घटना सम्झदै एक्लै मुस्कुराउदै घरतिर लागे त्यसपछि त्यस युवतिलाई कसम्म ऐले सम्म देखेको छैन ।
(स्रोत : Nepaladelaide.com)