~सोफिया मायालु~
साईलीको साईला, लाहुरजाने भन्छ
सनुसको सम्पत्ति, खनखन्ति गन्छ
घरखेत साहुलाई, धितो राखी भन्छ
साईलिलाई बाला, लगाईदिन मन छ
खोलावारि साईला, साईलीं बसिन पुलमा
बिदा भई घर, पुग्यो साईला काबुलमा
अनगिन्ती सपना, बगाई पसिना
हरायो साईलो आज, शहरको हुलमा
अनायासै उसलाई, लिन आयो काल
खबर आयो गाउंमा, साईलीको बेहाल
उडि आयो जहाज, काठको बाकस लिई
रच्यो हेर कस्तो, भगबानले जाल
चिहानले बोलायो, गरिबको सासलाई
ब्रम्हनालमा लडाईयो, सेताम्मे लासलाई
घनघोर बर्षा, कात्रो भिजिगयो
हाल्दैथे जलअझै, मेटाउन प्यासलाई
डुबाई गोडा बागमति, बग्यो तिरैतिर
४ बर्षे छोरा, लौन कस्तो पिर
भरे दाउरा टम्मै, चिहानै ढाक्यो
सुताईदिए लाशलाई, त्यही दाउरानिर
अटेन दागबत्ति, छोराको हातमा
श्रीमति रोईन, जान्छुभनि साथमा
सल्काईदिए आगो, दाउराको कुनिहुमा
झलमल्ल उज्यालो भो, चकमन्न रातमा
पलमै जलिगयो, शरिर भो खरानी
हिजोको आफ्नो, आज भो बिरानी
आंशुका धारा, भेलसरि बगे
भिजाई दिनरात, ओछ्यानको शिरानी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)