~नरेन्द्र लावती~
लुट्नै लागेका छन्, यस्तै त्यो सामन्तीले ।
भ्रष्ट योगी चिन्तन भई यसै बाँच्नु कैले ।।
बिरामी भई लडे मत थिचे थिच्नु सबैले ।
अब कसरी पिउनै सक्तिन ओखती उढ्नु कैले ।।
तर …….
डढेलोले भित्र–भित्रै खरानी भनाइ चुली ।
निच्च धुवै खाई बाँध्नै किन ठुली ।।
निदाए पनि आँखा खोले कान खोले ।
अब कसरी जाग्नु लगिसके यम दुतले ।।
अनि …..
स्वर्ग भनि खोजि हिँडे धेरै पटक ।
आफ्नै ठानी बस्न खोजे मैले धेरै पटक ।।
निसास्सिएर गगन पनि कैरिएछ मनले
अब कसरी सेलिएको बरफ जम्नु त्यस्तै ।।
2012/05/20
तोपगाछी –६
(स्रोत : पिपुल्स टाइम्स दैनिक )